नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – नेपाल इन्भेष्मेन्ट बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो।

यसअघि बैंकले सो शेयर विद्यामान संस्थापक शेयरधनीको लागि बिक्री खुला गरेकोमा सो अवधिभित्र उनीहरुबाट निवेदन नआएकाले अब सो शेयर अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरेको छ ।

सो शेयर खरिद गर्न इच्छुकले यो सुचना प्रकाशित भएको मितिले ७ दिन भित्रमा बैंकको शेयर शाखा लाजिम्पाट काठमाडौंमा निवेदन दिन सक्नेछन् ।