काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा करिब पौने ३ अर्ब रुपैयाँ बढी लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको २ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न भएको हो । यसका लागि असोज १० गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।
कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा २ अर्ब १७ करोड ४९ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ४० करोड ७७ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १३ करोड ५९ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ। यो लगानी सन् २०२५ अक्टोबर १४ देखि २०२६ अक्टोबर १४ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।
सञ्चालनमा आएको २ वर्ष पूरा भएको, न्यूनतम पुँजीकोष कायम भएको, निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम भएको लगायत प्रावधान पुगेका बैंकहरु ब्याजदर बोलबकोलमार्फत् निक्षेप प्रतिस्पर्धामा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ ।





About Us
प्रतिक्रिया