सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख २३ हजार रुपैयाँ


काठमाडौं – नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको हो ।

यससँगै आज सुन तोलामा २ लाख २३ हजार रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । हिजो सुनको मूल्य तोलामा २ लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ । आज चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २७ सय रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।हिजो चाँदीको मूल्य प्रतितोला २६ सय ८० रुपैयाँमा कारोबार भएको थियो।