हिमालयन लाइफ इन्योरेन्सको संस्थापक शेयर बिक्रीमा 


काठमाडौं – हिमालयन लाइफ इन्योरेन्सकाे आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक शेयरधनी नवीन अग्रवालको नाममा दर्ता भएको २६ हजार ६ सय ६१ कित्ता शेयर बिक्रीमा राखेको हो । संस्थाले सो शेयर खरिदका लागि पहिलो प्राथमिकता विद्यामान संस्थापक शेयरधनीलाई दिएको छ। 

उक्त, शेयर खरिद गर्न इच्छुक विद्यामान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा कम्पनीको कानुन विभागमा लिखित रूपमा जानकारी दिन सक्नेछन् । 

यदि कम्पनीले तोकेको समयावधि भित्र विद्यामान संस्थापक शेयरधनीबाट आवेदन नआएमा सो शेयर अन्य खरिदकर्तालाई बिक्री गरिने संस्थाले जनाएको छ ।