काठमाडौं – नेपाल राष्ट्र बैंकले आज असोज ८ गते बुधबार बैंकिङ्ग प्रणालीबाट थप ४० अर्ब रुपैयाँ तान्ने भएको छ। राष्ट्र बैंकले ४ दिने निक्षेप संकलन उपकरणबाट रकम झिक्न लागेको हो।
केन्द्रीय बैंकले आज जारी गरेको निक्षेप संकलन उपकरणको दिउँसो ३ बजे अनलाइन बोलकबोल हुने जनाएको छ। निक्षेप संकलनको बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यसको सावाँ तथा ब्याज भुक्तानी आगामी असोज १२ गते हुनेछ । बोलकबोलबाट यसको ब्याज निर्धारण हुनेछ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यसअघि केन्द्रीय बैंकले असाेज २ गते ९० अर्ब रूपैयाँ, ५ गते ७० अर्ब रूपैयाँ र ८ गते ४० अर्ब रूपैयाँ तरलता खिचेकाे थियाे ।





About Us
प्रतिक्रिया