एकैदिन १७ अर्बले बढ्यो बैंकिङ्ग निक्षेप, सीडी रेसियो ७६.०४ प्रतिशत


काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप एकैदिन १७ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार भदौ ३० गते सोमबारसम्म ७३ खर्ब ६ अर्ब रुपैयाँ रहेको निक्षेप मंगलबारसम्म (भदौ ३१ गते) ७३ खर्ब २३ अर्ब रुपैयाँ पुगेको हो।

यस्तै, सो समयमा वाणिज्य बैंकमा निक्षेप ६५ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, सोमबारसम्म बैंकिङ्ग प्रणालीको कर्जा प्रवाह ५६ खर्ब २५ अर्ब रुपैयाँ रहेकोमा मंगलबार ५६ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ। यस्तै, सो अवधिमा वाणिज्य बैंकबाट ५० खर्ब ४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।

समिक्षा अवधिमा बैंकहरुको औसत सीडी रेसियो घट्दै ७५.८९ प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत कायम भएको छ ।