काठमाडौं – नेपाली बजारमा आज सुन मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३९ सय रुपैयाँले बढेको हो ।
यससँगै आज सुन तोलामा २ लाख २१ हजार ७ सय रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।हिजो सुनको मूल्य तोलामा २ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ । आज चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ ।
यससँगै आज चाँदी २६ सय ८० रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो । हिजो चाँदीको मूल्य प्रतितोला २६ सय ५० रुपैयाँमा कारोबार भएको थियो।





About Us
प्रतिक्रिया