काठमाडौं – नेपाल राष्ट्र बैंकले विद्युतीय कार्डहरु लिँदा सोसँग सम्बन्धित विषयमा जानकारी लिनुपर्ने बताएको छ । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो बताएको हो ।
राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरू बैंक तथा वित्तीय संस्था र बैंक तथा वित्तीय संस्थाबाहेकका सेवा प्रदायक संस्थाले प्रदान गर्ने भुक्तानी कार्ड (प्रिपेड कार्ड, डेबिट कार्ड, क्रेडिट कार्ड) बाट लिन सकिने सेवाहरूको बारेमा जानकारी दिएको हो ।
राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरूले खातामा रहेको मौज्दात तथा कारोबारसम्बन्धी विवरण उपलब्ध गराउने, एटिएमबाट नगद कारोबार गर्ने, वस्तु खरिद वा सेवा उपभोग गरेबापतको रकम पीओएस र पीओटी तथा अन्य विद्युतीय माध्यमबाट भुक्तानी गर्ने, विद्युतीय माध्यमबाट तेस्रो पक्षको खातामा रकमान्तर गर्ने लगायतका सेवाहरु उपलब्ध गराउनुपर्ने बताएको हो ।






About Us
प्रतिक्रिया