काठमाडौं – शिक्षामन्त्री महावीर पुनले आफू मन्त्रालयमै बस्ने बताएका छन् । पदभार ग्रहण गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पुनले आफू मन्त्रालयमै सुत्ने भएकोले खाट र भान्सा कोठाको व्यवस्था गर्न निर्देशन दिएका छन् ।
पुनले आफूले आविस्कार केन्द्रबाट राजीनामा दिइसकेको जानकारी दिए । ‘यो पद ग्रहण गरेपछि म अविस्कार केन्द्रमा रहनु हुँदैन, मैले राजीनामा दिइसकेँ ’ पुनले भने
‘मेरो त जहाँ काम गर्यो त्यहीँ बस्ने बानी छ । एउटा कोठा बनाउनुस् । मन्त्रालयमै बस्छु । एउटा कुर्सी चाहिन्छ । किचन चाहियो । आफैं पकाएर खान्छु ’ मन्त्री पुनले भने।
पुनलेआफूलाई सुरक्षा पनि नचाहिने बताए । राज्यले आफूलाई दिएको सुरक्षा सुविधाका सम्बन्धमा उनले भने,‘सेवा सुविधा के छ भने त्यहाँबाट आउँदा एउटा पुलिसको र एउटा आर्मीको मान्छे रहेछ । मैले भाइहरुलाई भनेको छु । रिपोर्ट गर्नु कमाण्डरहरुलाई । म यो मन्त्रालयमा छँदा यहीँ बसौं । यहाँबाट बाहिर निस्किएपछि पछिपछि आउनु पर्दैन ।’






About Us
प्रतिक्रिया