बीमाको ज्ञान

‘दसैंको दक्षिणाले सुरु गर्नुहोस् बीमा’


काठमाडौं – दसैं भन्ने बित्तिकै अधिकांश नेपालीको दिमागमा आउने साझा विषयहरू हुन्, नयाँ कपडा, मिठा परिकार, र दक्षिणा । धार्मिक र सांस्कृतिकसँगै दक्षिणाले पारिवारिक आत्मीयतालाई पनि जोडेको देखिन्छ । परिवारमा ठुलाबडाले कमाएको पैसा केही भाग बाँडेर खुसी साटासाट गर्न दक्षिणाले महत्त्वपूर्ण भूमिका खेल्छ । धेरै बालबालिकाले पाएको दक्षिणालाई खुत्रुकेमा बचत गर्छन् । यसले साङ्केतिक रूपमा आर्थिक अनुशासन सिकाइरहेको हुन्छ ।

दक्षिणाको रकम अभिभावक आफैँले बचत गरिदिएर बीमा गराउन सक्छन् । यसले भविष्यमा बालबालिकाले उच्च शिक्षा हासिल गर्दाका लागि चाहिने रकमको बेलैमा जोहो गर्न सकिन्छ ।

तर, यो उत्सवको अवसरमा हामीले आफ्नो र आफ्नो परिवारको भविष्यको सुरक्षालाई पनि बिर्सिनुहुँदैन । दसैंको दक्षिणाले नयाँ सुरुवातको प्रतीक बोकेर आउँछ र यो समय बीमा पोलिसी लिएर आफ्नो आर्थिक र व्यक्तिगत सुरक्षाको थालनी गर्न उपयुक्त हुन सक्छ । दसैंमा पाइने दक्षिणा मात्रै होइन, जागिर खाइरहेका व्यक्तिहरूले पारिश्रमिकसँग आउने पेस्कीबापतको रकम पनि बचत गर्न सक्छन् । दक्षिणा र पेस्कीको रकम जम्मा गरेर बीमा गर्न सकिन्छ । जसले भविष्यमा आइपर्ने जोखिमको समयमा सहयोग पुग्छ ।

  • जीवन बीमाः अप्रत्याशित घटनामा परिवारको आर्थिक स्थिरता सुनिश्चित गर्छ ।
  • सवारीसाधन बीमाः यात्राको समयमा हुने दुर्घटनाबाट हुने नोक्सानीबाट जोगाउँछ ।

दक्षिणाको रकम अभिभावक आफैँले बचत गरिदिएर बीमा गराउन सक्छन् । यसले भविष्यमा बालबालिकाले उच्च शिक्षा हासिल गर्दाका लागि चाहिने रकमको बेलैमा जोहो गर्न सकिन्छ । सानै उमेरका बालबालिका र युवाले पनि भविष्यको विषयलाई गम्भीरताले लिन आवश्यक नै भइसकेको छ ।

  • स्वास्थ्य बीमाः स्वास्थ्य समस्याहरूको उपचार खर्चलाई कभर गर्छ ।
  • सवारीसाधन बीमाः यात्राको समयमा हुने दुर्घटनाबाट हुने नोक्सानीबाट जोगाउँछ ।
  • सम्पत्ति बीमा: घर वा व्यवसायमा आगलागी, चोरी, वा प्राकृतिक प्रकोपबाट हुने क्षतिलाई कभर गर्छ ।

नयाँ र आधुनिक बीमा पोलिसीहरूले बीमितको सुरक्षणसँगै विविध पक्षमा फाइदा पुर्‍याएको समेत देखिन्छ । तर, सबै नेपालीहरू अझै पनि बीमाको दायरामा आउन सकेका छैनन् । यही कारण, दसैंको दक्षिणाले बीमाको सुरुवात गर्न सकेमा भविष्यमा आइपर्ने जोखिमलाई आर्थिकरुपमा न्यूनीकरण गर्न सकिन्छ ।