काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले मुद्दती निक्षेप खाता भएका आफ्ना ग्राहहरुलाई सावाँ ब्याज रकम लैजान आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका ग्राहकहरुलाई यस्ताे आग्रह गरेको हो ।
बैंकले मुद्दती अवधि समाप्त भइसक्दा पनि साँवा तथा व्याज रकम भुक्तानी लिन नआएका सम्पूर्ण ग्राहकहरूलाई रकम भुक्तानी लिन अनुरोध गरेको छ ।
बैंकद्वारा जारी सूचनामा भनिएकाे छ, ‘नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०७७ को निर्देशन नं १६ को बुँदा ३(६) को व्यवस्था आउनु अगावै बैंकमा मुद्दती खाता खोली रकम राखेका केही ग्राहकहरूले मुद्दती अवधि समाप्त भइसक्दा पनि साँवा तथा व्याज रकम भुक्तानी लिन नआएका ग्राहकहरूलाई आफ्नो रकम भुक्तानी लिन नआउनु भएकाले अविलम्व सम्बन्धित शाखामा सम्पर्क गरी आफ्नाे रकम भुक्तानी लिन हुन अनुराेध गर्दछाैँ’




About Us
प्रतिक्रिया