काठमाडौं – सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला दुई लाख १७ हजार ८०० रुपैयाँमा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आइतबार प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएकोमा आज सात सय रुपैयाँ बढेको हो। त्यस्तै, आज चाँदी प्रतितोला दुई हजार छ सय ५० रुपैयाँमा खरिद बिक्री हुनेछ ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार छ सय ९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।



About Us
प्रतिक्रिया