सुनको मूल्य तोलामा ११ सय रूपैयाँले बढ्यो


काठमाडौं – स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार १०० रूपैयाँले बढेको छ । आज सुन प्रतितोला दुई लाख १७ हजार १०० रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गत शुक्रबार सुन प्रतितोला दुई लाख १६ हजार रूपैयाँमा खरिद बिक्री भएको थियो । त्यस्तै, आज चाँदी प्रतितोला दुई हजार छ सय २० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।