जेनजी आन्दोलनका क्रममा लुटपाट गर्ने तीन जना पक्राउ, ५० थान बढी सामान बरामद 


काठमाडौं – जेनजी आन्दोलनका क्रममा काठमाडौं महानगरपालिका– ३० स्थित रातोपुल क्षेत्रमा भएको डकैती र लुटपाटमा सम्बन्धित तीन जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङका २७ वर्षिय सुजन राई, सिन्धुपाल्चोकका १९ वर्षीय नयुन श्रेष्ठ र हेटौंडाका १८ वर्षीय अगम प्रजा रहेका छन् । 

पक्राउ परेकाहरूले रातोपुलस्थित एक घरमा तोडफोड, ढुंगा मुढा, आगजनी गरी नगद, सुनचाँदी, तथा बहुमूल्य सामाग्री चोरी गरेको आरोप प्रहरीले जनाएको छ । उनीहरूलाई रातोपुल क्षेत्रबाट पक्राउ गरिएको हो। पक्राउ पछी काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हाल प्रहरी वृत्त मालिगाँउबाट थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

उनीहरूको साथबाट प्रहरीले विभिन्न धातुका गहना, नगद रकम, कपडा, धार्मिक मूर्तिहरू, सिक्का, पर्स, झोला, र अन्य बहुमूल्य सामग्रीहरू गरी ५० भन्दा बढी थान वस्तुहरू बरामद गरेको छ।