गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – गरिमा विकास बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २ लाख १२ हजार ८ सय ३४ कित्ता शेयर बिक्रीमा राखेको हो ।

यसअघि बैंकले विद्यामान संस्थापक शेयरधनीको लागि बिक्री खुला गरिएको सो शेयरमा उनीहरुबाट कुनै आवेदन नपरेकाले अब बैंकले सो शेयर बिद्यामान संस्थापक शेयरधनी भन्दा बाहेक सर्वसाधारण बिक्री खुला गरिएको हो ।

सो शेयर खरिद गर्न इच्छुक सर्वसाधरणले सूचाना प्रकाशित भएको मितिले १५ दिनभित्रमा बैंकको केन्द्रिय कार्यालय लाम्पिाट काठमाडौंमा आफुले खरिद गर्ने शेयर संख्या खुलाई आवेदन दिन सक्नेछन् ।