काठमाडौं – कुमारी बैंक लिमिटेडले संस्थापन शेयर बिक्रीमा राखेको छ । बैंकले १ हजार ३२२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
सो शेयरमा हाल कायम बैंकका संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन पाउने बैंकले जनाएको छ । सो शेयर खरिदका लागी शेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
शेयरको बिक्रीमूल्य बैंकले तोके बमोजिम हुनेछ भने इच्छुकले नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन् ।



About Us
प्रतिक्रिया