काठमाडौं – गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापा पठाएको छ। एसएसपी विश्वराज अधिकारीलाई प्रमुखबाट हटाएर थापालाई पठाएको प्रहरीले जनाएको हो।
त्यस्तै, अधिकारीलाई भने प्रहरी प्रधान कार्यालयमा तानिएको छ । थापा यसअघि नेपाल प्रहरीको सह–प्रवक्ताका रूपमा प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थिए ।
विभिन्न जिम्मेवारीमा अनुभव हासिल गरिसकेका उनी अनुशासित र दक्ष प्रहरी अधिकारीका रूपमा परिचित छन् ।






About Us
प्रतिक्रिया