काठमाडौं – बैंकहरुले आज संविधान दिवसको अवसरमा सार्वजनिक बिदा हुँदा पनि बैंकिङ्ग सेवा दिने भएका छन् । बैंकहरुले आंशिक शाखाहरुबाट बेंकिङ्ग सेवा दिन लागेका हुन् ।
नेपाल राष्ट्र बैंकले नै संविधान दिवसको अवसरमा सार्वजनिक बिदा रहँदा पनि बैंकिङ्ग सेवा सुचारु गर्न बैंकहरुलाई निर्देशन दिएको थियो । राष्ट्र बैंकले नै बैंकिङ्ग सेवा उपलब्ध गराउन निर्देशन दिएपछि आंशिक शाखाहरुबाट बैंकिङ्ग सेवा दिन लागेका हुन् ।
बैंकहरुले ग्राहकहरूको सुविधालाई ध्यानमा राखी विभिन्न शाखाहरू खुला राख्न लागेका हुन् । नेपाल राष्ट्र बैंकले राजस्व संकलन, ईसीसीलगायत अत्यावश्यक बैंकिङ्ग सेवा प्रवाह गर्न बैंकहरुलाई निर्देशन दिएको छ।


















About Us
प्रतिक्रिया