प्रभु महालक्ष्मी लाइफको सञ्चालक समिति गठन, अध्यक्षमा शिक्षा भट्टचन नियुक्त

प्रभु महालक्ष्मी लाइफको सञ्चालक समिति गठन, अध्यक्षमा शिक्षा भट्टचन नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं । 

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संचालक समिति गठन गरेको छ ।
प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स  मर्जपछि  बनेको  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन नियुक्त भएकी छिन् । 

साथै, संस्थापक समुहतर्फबाट सुरेश सापकोटा,शुसन शेरचन, उमेश लाल श्रेष्ठ र सर्वसाधारण समुहबाट शंकर गौतम र ज्योति शेरचन सञ्चालकमा नियुक्त भएका छन् । 

त्यस्तै,एकीकृत कारोबारपछि गत साउन १ गते बसेको  बैठकले सञ्चालक  समितिमा साविकको प्रभु लाइफ इन्स्योरेन्सको तर्फबाट चार जना र महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट दुई जना  नियुक्त भएका हुन् । नवनियुक्त सञ्चालकमध्ये सापकोटा र श्रेष्ठ साविकको महालक्ष्मी लाइफको तर्फबाट हुन् भने बाँकी सबै प्रभु लाइफको तर्फबाट नियुक्त भएका हुन् ।