अब विदेशी कार्डमार्फतै नेपालमा राजस्व भुक्तानी गर्न सकिने

नेपाल आउने पर्यटकले मास्टर कार्ड, भिजा कार्ड, अलिपे जस्ता अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरेर सहजै राजस्व तिर्न सक्ने


काठमाडौं – नेपाल सरकारले राजस्व भुक्तानी प्रणालीमा अन्तर्राष्ट्रिय कार्ड नेटवर्कको प्रयोग सुरु गरेको छ। बिहीबार अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र मुख्य सचिव एकनारायण अर्यालले राजस्व व्यवस्थापन सूचना प्रणालीमा ‘इन्टरनेशनल  कार्ड नेटवर्क’ आबद्धता शुभारम्भ गरेका हुन्।

यस प्रणाली सुरु भएपछि अब विदेशमा रहेका नेपाली सेवाग्राही र नेपाल आउने पर्यटकले मास्टर कार्ड, भिजा कार्ड, अलिपे जस्ता अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरेर सहजै राजस्व तिर्न सक्नेछन्। सुरुवातमा यो सुविधा अध्यागमन विभागका राजस्व सेवामा लागू भएको छ। जसअन्तर्गत त्रिभुवन विमानस्थल हुँदै नेपाल प्रवेश गर्ने पर्यटकले कार्डमार्फत शुल्क तिर्न सक्नेछन्।