काठमाडौं – एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेले सबै सूचक बिग्रन थालेपछि पदबाट हट्न कर्मचारीहरुले दिएको दबाबका कारण राजीनामा दिएका छन् । उनले बैंकमो नेतृत्वदायी पदमा रहँदा कर्मचारीलाई दुःख दिएका कारण कर्मचारीहरुले उनको राजीनमा माग गर्दै आइरहेका थिए ।
उनले आजपनि राजीनामा नदिएको भए कर्मचारी युनियनले कालोमोसो दल्नेसम्मको तयारी गरिसकेको थियो । कर्मचारी युनियनले कालोमोसो दल्नेसम्मको तयारी गरेको जानकारी पाएपछि उनले राजीनामा दिएको बैंकका एक उच्च पदस्तका कर्मचारीको भनाई छ ।
न्यौपानेले कर्मचारीहरुमाथि दमन गरेको कर्मचारी युनियनको भनाइ छ । न्यौपानेले आक्रोशित भएका कर्मचारीहरुलाई सम्हाल्न नसक्ने अवस्था आएपछि राजीनामा दिएको कर्मचारीहरु बताउँछन् ।






About Us
प्रतिक्रिया