एनआईसी एशिया बैंकको कामु सीईओको जिम्मेवारी राठीले पाए


काठमाडौं – एनआईसी एशिया बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा सन्तोष कुमार राठी नियुक्त भएका छन् ।

यसअघिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेले राजीनामा दिएसँगै राठीलाई कामु सीईओको जिम्मेवारी दिइएको हो ।

असोज २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले राठीलाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।