एनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपानेको राजीनामा स्वीकृत

कामुको जिम्मेवारीमा डेपुटी सीईओ सन्तोष कुमार राठी


काठमाडौं – एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेले राजीनामा दिएका छन् ।

बैंकको असोज २ गते आज बसेको सञ्चालक समितिको ७३२ औं बैठकको निर्णयअनुसार न्यौपानेले दिएको राजीनामा स्वीकृत गरेको हो । उनले १ वर्ष कार्यकाल बाँकी छँदै बुधबार राजीनामा दिएका हुन् ।

न्याैपानले राजीनामा दिएसँगै कायममुकायम (कामु) सीईओकाे जिम्मेवारी डेपुटी सीईओ सन्तोष कुमार राठीलाई दिइएको छ। ७ वर्षसम्म सीईओ पदमा रहेका न्यौपाने २०७९ कात्तिक १६ गते दोस्रो कार्यकालका लागि नियुक्त भएका थिए।