काठमाडौं – नेपाल प्रहरीले ४८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) हरूको सरुवा गरिएको छ । असाेज १ गतेदेखि कार्यान्वयन हुने गरी गरिएको निर्णयअनुसार ४८ जना एसपीहरूको सरुवा गरिएको हो ।
यस सरुवासँगै जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत एसपी अपिल राज बोहरा नेपाल प्रहरीको सशस्त्र प्रहरी गण नं १, नक्सालमा सरुवा भएका छन् । बोहरा जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्तामा रूपमा रहेका थिए ।
यस्तै, अन्य जिल्लामा कार्यरत एसपीहरूलाई पनि विभिन्न गण, प्रदेश र इकाईहरूमा सरुवा गरिएको प्रहरीले जनाएको छ ।






About Us
प्रतिक्रिया