काठमाडौं – प्रहरी प्रधान कार्यालयले देशभरिका ९० जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरूको सरुवा गरेको छ । सरुवा सूचीअनुसार काठमाडौंका ६ वटा प्रहरी वृत्तमा नयाँ डिएसपी इन्चार्ज तोकिएका छन् ।
प्रहरी प्रधान कार्यालय, मानव स्रोत तथा प्रशासन विभागको सिफारिसमा गरिएको सरुवा असोज महिनादेखि लागू हुने भएको छ। सरुवा भएका डिएसपीहरूले हाल सरुवा गरिएको दरबन्दीबाटै तलबभत्ता पाउने व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।
काठमाडौं उपत्यकाका वृत्तहरूमा भएका फेरबदलसँगै स्थानीय सुरक्षा व्यवस्थापनमा पनि प्रभाव पर्ने अनुमान गरिएको छ।






About Us
प्रतिक्रिया