काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको हो । यससँगै आज सुन तोलामा २ लाख १५ हजार २ सय रुपैयाँ कायम भएको छ ।
हिजो सुनको मूल्य तोलामा २ लाख १६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ ।
यससँगै आज चाँदी २५ सय २० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य प्रतितोला २५ सय ५० रुपैयाँमा कारोबार भएको थियो।





About Us
प्रतिक्रिया