काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ५ प्रतिशत अर्थात १३३ अंकको गिरावट आउँदा बैंक तथा वित्तीय संस्थाको सूचकमा पहिरो आएको छ । जेनजी आन्दोलन हिंसात्मक बनेपछि भदौ २४ गते देशव्यापीरुपमा तोडफोड र आगजनी भएको थियो ।
त्यसक्रममा, सिंहदरबार, संसद भव, सर्वोच्च अदालतसहित देशभरका अधिकांश अदालत, प्रधानमन्त्री र राष्ट्रपतिको सरकारी निवास लगायतमा आगजनी भएको थियो । यसबाहेक, देशभरका ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाका शाखा र एटीएममा तोडफोट, आगजनी र लुटपाट भएको थियो । राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट ३८ करोड रुपैयाँ बराबरको सम्पत्ती लुटपाट भएको गभर्नर डा. विश्वनाथ पौडेलले नै खुलासा गरेका थिए ।
यसैको प्रभावस्वरुपः भदौ २४ गतेयता बन्द भएर आज पहिलोपटक खुलेको शेयर बजारमा ५ प्रतिशतको नकरात्मक सर्किट लागिसकेको छ । यसक्रममा बैंक तथा वित्तीय संस्थाका सूचकमा पहिरो गएको देख्न सकिन्छ । नेप्सेका अनुसार वाणिज्य बैंकहरुको सूच ७५ अंकले घटेको छ ।
यसबाहेक, विकास बैंकको सूचक २९२ अंकले घट्दा वित्त कम्पनीहरुको सूचक ६२ अंकले घटेका छ । यसबाहेक लघुवित्त कम्पनीहरुको सूचकमा २९५ अंकको गिरावट आउँदा जीवन बीमा समूह ६३० अंकले घटेको छ । साथै, निर्जीबन बीमा कम्पनी ३३८ अंकले खुम्चिएको छ ।






About Us
प्रतिक्रिया