मुक्तिनाथ विकास बैंकले गर्यो लाभांश घोषणा, बोनस शेयर कति ?


काठमाडौं – मुक्तिनाथ विकास बैंकले आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको १३.५३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ४.६७ प्रतिशत नगद लाभांश गरि कुल १८.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त, लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सो लाभांश लगानीकर्तामा वितरण हुने कम्पनीले जनाएको छ ।