जेनजी आन्दोलनको क्षति बीमा कम्पनीहरूको टाउको दुखाइ बन्दै, १९ सय ८४ बीमा दाबीबाट २० अर्बको दायित्व 


काठमाडौं – नेपालमा भाद्र २३ गतेदेखि सुरु भएको जेन जी आन्दोलनले बीमा कम्पनीहरूमा ठुलो आर्थिक भार निम्त्याएको छ । भ्रष्टाचार, नेपोटिजम, र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सुरु भएको यो आन्दोलनले सरकारी कार्यालय, निजी व्यवसाय, होटल, सवारीसाधन, र अन्य सम्पत्तिहरूमा व्यापक क्षति पुर्‍याएको थियो।

नेपाल बीमा प्राधिकरणको प्रारम्भिक प्रतिवेदनअनुसार, आन्दोलनका कारण दर्ता भएका १,९८४ बीमा दाबीहरूबाट बीमा कम्पनीहरूले २० अर्ब रुपैयाँभन्दा बढीको दायित्व बेहोर्नुपर्ने देखिएको छ। यो रकम सन् २०१५ को भूकम्पपछिको बीमा दाबीको तुलनामा उल्लेखनीय रूपमा उच्च हो । जसले बीमा कम्पनीहरूलाई ठुलो आर्थिक दबाबमा पारेको छ।

बीमा प्राधिकरणको प्रारम्भिक प्रतिवेदनअनुसार, आन्दोलनका कारण दर्ता भएका १,९८४ बीमा दाबीहरूबाट बीमा कम्पनीहरूले २० अर्ब रुपैयाँभन्दा बढीको दायित्व बेहोर्नुपर्ने देखिएको छ।

बीमा प्राधिकरणको तथ्याङ्कअनुसार भाद्र २३ देखि २७ गतेसम्म १,९ सय ८४ वटा बीमा दाबी दर्ता भएका छन्। जसको कुल अनुमानित दायित्व २० अर्ब रुपैयाँभन्दा माथि छ। यी दाबीहरूमा सम्पत्ति, सवारीसाधन, हुलदङ्गा तथा आतंकवाद शीर्षकका बीमालेखहरू समावेश छन्। प्रारम्भिक अनुमानले यो रकम ५० अर्बसम्म पुग्न सक्ने देखाएको छ तर हालसम्म २० अर्ब ७० करोड ३८ लाख दावी परेको छ। 

यससँगै, आर्थिक वर्ष २०८१/८२ मा ४१ अर्ब ४७ करोड प्रिमियम उठाएर १७ अर्ब ९० करोड दावी भुक्तानी गरेका निर्जिवन बीमा कम्पनीहरू माथि आर्थिक भार थपिएको छ।

बीमा प्राधिकरणले जेन–जी आन्दोलन पीडितलाई आर्थिक भारमा साथ दिनको लािग छिटोछरितो गर्न प्रक्रियाहरू सहज बनाइरहेका कार्यकारी निर्देशक शुसीलदेव सुवेदीले बताएका छन्। उनी भन्छन्,‘ दावी प्रक्रियाका लागि सहजीकरण गरिरहेका छौँ । प्राधिकरणले सक्दो चाँडो विवरण संकलन गरी बीमा दावी भुक्तानी गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ।’ साथै ,देशमा भएको सकंटको विषयमा दु:ख व्यक्त गर्दै उनले बीमा क्षेत्रमा परेको आर्थिक भारमा सयंमताले काम गर्ने जीकिर गरे। 

कुन कम्पनीमा कति दाबी ?

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक  अनुसार द ओरियण्टल इन्स्योरेन्स कम्पनीमा पाँच अर्ब १४ करोड ७९ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ। कम्पनीमा देशभरीबाट हालसम्म ४० वटा दावी परेका छन्। सिद्धार्थ प्रिमियर इन्स्योरेन्स २५८ वटा दावी परेको छ। जसको बापत चार अर्ब ९३ करोड २२ लाख रुपैयाँको बीमा दावी परेको छ। शिखर इन्स्योरेन्स ३६६ वटा दावी  परेको छ। जसमा दुई अर्ब ३९ करोड चार लाख रुपैयाँको बीमा दावी परेको छ। 

त्यस्तै, सानिमा जिआइसी इन्स्योरेन्समा १२९ वटा दावी बापत ७८ करोड ९३ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीमा १७२ वटा दावी परेकोमा ४९ करोड ५१ लाख रुपैयाँ दायित्व र युनाइटेड अजोड इन्स्योरेन्समा १७० वटा दावी बापत ४८ करोड ५१ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दावी परेको छ।

त्यसैगरी लघुबीमा कम्पनीमा पनि दावी परेको छ। जसमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा ९ वटा दावी बापत एक करोड १३ लाख रुपैयाँ, नेपाल माइक्रो इन्स्योरेन्समा १५ वटा दावी बापत ५६ लाख रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्समा ६ वटा दावी बापत ६७ लाख रुपैयाँ, र ट्रस्ट माइक्रो इन्स्योरेन्समा ८ वटा दावी बापत ४२ लाख रुपैयाँको बीमा दावी परेको छ।

नेपाल इन्स्योरेन्समा ७९ वटा दावी बापत ४६ करोड ९४ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्समा १५१ वटा दावी बापत परेकोमा ३८ करोड ५८ लाख रुपैयाँ छ, भने प्रभु इन्स्योरेन्समा ६९ वटा दावी बापत १९ करोड १८ लाख रुपैयाँ दावी परेको छ। नेशनल इन्स्योरेन्समा १९ वटा दावी बापत ६ करोड ८२ लाख रुपैयाँको कुल बीमा दावी परेको छ। आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा २४ वटा दावी बापत एक अर्ब ५९ करोड ६ लाख रुपैयाँ र  सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २३३ वटा दावी बापत एक अर्ब ४७ करोड ५५ लाख रुपैयाँ परेको छ। 

यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १९६ वटा दावी परेको बापत एक अर्ब १५ करोड ६२ लाख रुपैयाँ, नेको इन्स्योरेन्समा ४० वटा दावी बापत एक अर्ब नौ करोड ५३ लाख रुपैयाँको कुल बीमा दावी परेको छ। त्यसैगरी लघुबीमा कम्पनीमा पनि दावी परेको छ । जसमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा ९ वटा दावी बापत एक करोड १३ लाख रुपैयाँ, नेपाल माइक्रो इन्स्योरेन्समा १५ वटा दावी बापत ५६ लाख रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्समा ६ वटा दावी बापत ६७ लाख रुपैयाँ, र ट्रस्ट माइक्रो इन्स्योरेन्समा ८ वटा दावी बापत ४२ लाख रुपैयाँको बीमा दावी परेको छ।