आन्दोलनपछि खुलेको शेयर बजारमा १०७ अंकको गिरावट, रोकियो कारोबार


काठमाडौं । आन्दोलनपछि खुलेको शेयर बजारमा १०७ अंकको गिरावट आएको छ । जेनजी आन्दोलनपछि पहिलो पटक खुलेको शेयर बजारमा कारोबार सुरु भएको ५ मिनेटभित्रै १०७ अंकले घटेपछि कारोबार रोकिएको हो ।

यही भदौ २३ र २४ गते भएको जेनजीको विध्वंसकारी आन्दोलनपछि शेयर बजार आजसम्मका लागि बन्द भएको थियो । लगानीकर्ताको दबाब र प्रभावका कारण नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले बजार बन्द गर्न सहमती जनाउँदै सोहीअनुसार गरेका थिए ।

तर, चौतर्फी दबाब सुरु भएपछि खेप्न नसकेर सेबोनले बजार खोल्न निर्देशन दिएसँगै नेप्सेले आजदेखि बजार खोलेको थियो । तर, आन्दोलनको लामो समयपछि खुलेपनि बजार घट्नबाट जोगिन सकेन । कारोबार खुलेको ५ मिनेटको अवधिमा नै ४ प्रतिशत घटेपछि २० मिनेटका लागि कारोबार रोकिएको छ ।