हुलदंगा बीमामा नीतिगत चलखेल: जेनजी प्रदर्शनको क्षतिमा हिमालयन रिलाई हाइसन्चो, सम्पूर्ण भार नेपाल रिको थाप्लोमा


काठमाडौं – हिमालयन रिइन्स्योरेन्स समूहले अर्थ मन्त्रालय र नेपाल बीमा प्राधिकरणका नेतृत्वहरूसँग नीतिगत चलखेल गराएर हुलदङ्गाको भार सरकारी कम्पनीमाथि थोपर्न सफल भएको छ । नीतिगत चलखेलकै कारण २३ र २४ भदौमा जेनजी प्रदर्शनबाट भएका निजी क्षेत्रमा परेको संरचनागत क्षतिको भार नेपाल रिइन्स्योरेन्स एक्लैले व्यहोर्नुपरेको हो ।

नेपाल रिइन्स्योरेन्स सरकारी स्वामित्वको कम्पनी हो । ०६२/६३ को जनआन्दोलनका क्रममा यस्तै किसिमका ठुला विध्वंस भएपछि बीमा कम्पनीहरूमार्फत हुलदङ्गाको रिइन्स्योरेन्स गर्ने उद्देश्यले पुलको सुरुवात गरेको थियो । 

नेपालमा पुनर्बीमा क्षेत्रका दुई वटा कम्पनी छन्, हिमालयन रिइन्स्योरेन्स र नेपाल रिइन्स्योरेन्स । हिमालयन रिइन्स्योरेन्स गोल्छा समूह, दीपक भट्ट, शंकर ग्रुप जस्ता ठुला व्यापारिक घराना समूहको लगानी भएको कम्पनी हो । नेपाल रिइन्स्योरेन्स सरकारी स्वामित्वको कम्पनी हो । ०६२/६३ को जनआन्दोलनका क्रममा यस्तै किसिमका ठुला विध्वंस भएपछि बीमा कम्पनीहरूमार्फत हुलदङ्गाको रिइन्स्योरेन्स गर्ने उद्देश्यले पुलको सुरुवात गरेको थियो । 

पछि रिइन्स्योरेन्समार्फत विदेशिन केही रकम स्वदेशमै जोगाउने उद्देश्यले नेपालमै पुनर्बीमा कम्पनी स्थापना गरियो । पछि हिमालयन रिइन्स्योरेन्स कम्पनीको स्थापना भएपछि दुवै कम्पनीले व्यवसाय बाँडेर जोखिम व्यहोर्ने छलफल पनि भयो । तर, पुनर्बीमालाई जोखिम बहनभन्दा पनि नाफाको दृष्टिकोणबाट छलफल गराई नेपाल रिइन्स्योरेन्सले मात्रै हुलदंगाको पुनर्बीमा गर्न सक्ने व्यवस्था यथावत् राखियो । यद्यपि अहिले त्यसको एकल लाभ हिमालयन रिइन्स्योरेन्स समूहले पाएको छ ।

यी शाखामध्ये १२ वटा पूर्णरूपमा आगजनी र लुटपाटका कारण ध्वस्त भएका छन् भने बाँकी ९ शाखामा तोडफोड र लुटपाट भएको छ । प्रारम्भिक अनुमानअनुसार यसबाट अर्बौँ रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

विगतमा हुलदंगा, आगजनी, आन्दोलनबाट सिर्जित नोक्सानीको पुल हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई पनि दिनुपर्ने विषयमा छलफल भएको थियो । तर, हिमालयन रि समूह सुरुवातदेखि नै ठुलो जोखिमको भार नेपाल रिलाई बोकाउन चलखेल गरिरहेकै थियो । परिणामतः अहिले सम्पूर्ण जोखिमको भार सरकारी स्वामित्वको नेपाल रिलाई परेको छ ।

आन्दोलनका कारण भएको क्षतिको दाबी हुलदंगा तथा आतंकवाद जोखिमअन्तर्गत पर्छ । सम्पत्ति बीमा जारी गर्दा यो जोखिम समावेश गर्न अनिवार्य गरिएको भए पनि यसको पुनर्बीमा विदेशमा नभई नेपाल पुनर्बीमा कम्पनीमा मात्र गरिएको छ । यसकारण, नेपाल पुनर्बीमामाथि ठुलो वित्तीय भार पर्ने देखिएको छ । बीमा कम्पनीहरूले हुलदंगा तथा आतंकवाद जोखिमअन्तर्गत ३५ प्रतिशत जोखिम आफूसँग राखेर बाँकी ६५ प्रतिशत नेपाल पुनर्बीमा कम्पनीलाई हस्तान्तरण गर्दै आएका छन् । नेपाल पुनर्बीमाले पनि विदेशी कम्पनीमा गराएको रेट्रोसेसन बाहेकको दायित्व वहन गर्नुपर्ने हुन्छ । रेट्रोसेसन नभएको अवस्थामा नेपाल रिलाई हुलदंगाको दाबीबापत ठुलो धनराशी चुकाउनुपर्ने जोखिम विज्ञहरूले औँल्याएका छन् ।

नेपाल रिलाई अर्बौंको भार

नेपालको भदौ २३/२४ गते भएको जेनजी आन्दोलनको कारण सरकारी तथा निजी क्षेत्रमा ठुलो आर्थिक क्षति पुगेको छ । जसको कारण बीमा कम्पनीहरूमा ठुलो भार पर्ने देखिएको छ । बीमा कम्पनीहरूले पनि पुनर्बीमा गरेको हुने भएकोले पुनर्बीमा कम्पनीमा पनि भार थपिने देखिएको छ । नेपालका बीमा कम्पनीहरूले हुलदंगाको पुनर्बीमा नेपाल रिइन्स्योरेन्समा मात्रै गरेको पाइएको हुँदा हिमालयन रिलाई भन्दा सरकारी स्वामित्व रहेका नेपाल रि इन्स्योरेन्सलाई बढी भार पर्ने देखिन्छ । यस अर्थमा गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको कारण भएको क्षतिको ठुलो दबाब नेपाल रिमा पर्ने देखिएको छ ।

करिब ८ अर्बमा बनेको हिल्टन होटलले दि ओरिएन्टल इन्स्योरेन्समा बीमा गरेको थियो। हिल्टन होटलको पाँच अर्बको बीमा गरिएको र सो बीमाको दावी भारतीय बीमा कम्पनी दि ओरिएन्टलमा पर्ने भएको छ ।

हिमालयन रि भने यस पटकको हुलदंगा बीमा क्षतिको भुक्तानी दिनुपर्ने दबाबबाट केही हदसम्म जोगिएको छ । सामान्यतया कुनै पनि बीमा कम्पनीले जारी गरेको बीमाको जोखिमलाई पुनर्बीमा कम्पनीहरूले बाँडफाँड गर्ने गर्छन् । हुलदंगा बीमाको हकमा पनि यही लागू हुन्छ । जेनजी आन्दोलनको क्रममा हिल्टनमा होटलमा आगजनीको कारण ठुलो क्षति भएको छ । करिब ८ अर्बमा बनेको हिल्टन होटलले दि ओरिएन्टल इन्स्योरेन्समा बीमा गरेको थियो। हिल्टन होटलको पाँच अर्बको बीमा गरिएको र सो बीमाको दावी भारतीय बीमा कम्पनी दि ओरिएन्टलमा पर्ने भएको छ ।

होटलको बीमा ओरिएन्टल इन्स्योरेन्समार्फत गरिएको भएपनि पुनर्बीमा नेपाल रि इन्स्योरेन्सले पनि क्षति बेहोर्नुपर्छ । यो होटलको पुनर्बीमा नेपाल रिइन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्समा गरिएको भएता पनि हुलदंगाको भारको पुल नेपाल रिमा भएको हुँदा नेपाल रिमा धेरै भार पर्न जान्छ । आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटका देशभरका २८ शाखामध्ये २१ शाखामा ठुलो क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । यी शाखामध्ये १२ वटा पूर्णरूपमा आगजनी र लुटपाटका कारण ध्वस्त भएका छन् भने बाँकी ९ शाखामा तोडफोड र लुटपाट भएको छ । प्रारम्भिक अनुमानअनुसार यसबाट अर्बौँ रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

भाटभटेनीले करिब २ अर्ब रुपैयाँभन्दा माथिको बीमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमार्फत गरेको जनाएको छ। काठमाडौंका टोखा, सातदोबाटो, अनामनगर, साना गाउँ, त्रिपुरेश्वर, पाटन, कलंकी, राधेराधे र बालाजु शाखा, साथै काठमाडौं बाहिरका नेपालगन्ज, जनकपुर, बुटवल, वीरगन्ज, धनगढी, इटहरी र भैरहवा शाखाले आंशिक रूपमा सेवा सञ्चालन गरेका छन्। बाँकी शाखामा मर्मत र पुनः स्थापना कार्य सुरु गरिएको छ ।