काठमाडौं – वाणिज्य बैंकहरूकाे अन्तर बैंक कारोबार बढेकाे छ । चालु आर्थिक वर्षको पहिलो महिनामा साउनमा अन्य बैंक तथा वित्तीय संस्थाको काराेबारमा गिरावट देखिँदा वाणिज्य बैंकको अन्तर कारोबार बढेको हाे ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा साउनमा वाणिज्य बैंकहरूको अन्तर बैंक कारोबार ८७ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूको अन्तर बैंक कारोबार ५१ अर्ब ५० करोड रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरू बाहेक) काे काराेबार ७ अर्ब ४५ करोड रहेको छ । यस्तै, वाणिज्य बैंक र अन्य बैंक तथा वित्तीय संस्थाको समग्रमा ९४ अर्ब ९४ करोड रूपैयाँकाे अन्तर बैंक कारोबार भएकाे छ ।
यस्तै, अन्य वित्तीय संस्थाहरूको ६५ करोड रुपैयाँ रहेको थियो । गत आवमा समग्रमा ५२ अर्ब १५ करोड रुपैयाँको अन्तर बैंक कारोबार भएको थियाे ।






About Us
प्रतिक्रिया