काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो ।
यससँगै आज सुन तोलामा २ लाख १६ हजार १ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो ।
त्यस्तै, आज चाँदीको मूल्य ४५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी २५ सय ५० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य प्रतितोला २५ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो ।





About Us
प्रतिक्रिया