भोलि सार्वजनिक बिदाको दिन पनि बैंकिङ्ग सेवा दिँदै एनएमबि बैंक


काठमाडौं – सरकारले भोली बुधबार (असोज १ गते) शोक दिवस मनाउने निर्णय गरेर सार्वजनिक बिदा दिँदा पनि एनएमबि बैंकले बैंकिङ्ग सेवा दिने भएको छ । बैंकले एक सूचना जारी गर्दै सार्वजनिक बिदाको दिन पनि आंशिक शाखाबाट बैंकिङ्ग सेवा उपलब्ध गराउँने बताएको हो ।

बैंकले जारी गरेको सूचनामा भनेको छ, ‘सरकारद्वारा राष्ट्रिय शोक स्वरुप सार्वजनिक बिदा घोषणा भएकोमा उक्त दिन एनएमबि बैंकका होलिडे काउन्टर सेवा प्रवाह हुने सम्पूर्ण शाखा कार्यालयहरु खुल्ला रहने जानकारी गराउँदछौं।’