काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आउँदो असोज २ गते बिहीबारदेखि शेयर बजार खोल्ने भएको छ । जेनजी आन्दोलनपछि अस्थायी रूपमा बन्द गरिएको शेयर बजार अब अवस्था सामान्य बन्दै गएकाले बजार खोल्ने निर्णय गरेको हो ।
यसअघि भदौ २४ गतेदेखि बन्द रहेको शेयर बजार झन्डै १० दिनपछि पुनःखुल्ने भएकाे छ । यसअगाडि असोज १ गतेबाट बजार खोल्ने तयारी गरिएपनि सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाको सम्झनामा सो दिन सार्वजनिक बिदा घोषणा गरेसँगै बजार असोज २ गतेदेखि खुल्ने भएकाे हाे ।







About Us
प्रतिक्रिया