काठमाडौं – उर्जामन्त्री कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उर्जामन्त्री कुलमान घिसिङलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । शाक्यले घिसिङलाई सामाजिक सञ्जाल फेसबुकमार्फत उर्जामन्त्री भएकोमा बधाई दिएका छन् ।
उनले ऊर्जा क्षेत्रमा विशिष्ट योगदान दिएको भन्दै कुलमानलाई सम्बोधन गरेका छन् । उनले लेखेका छन् ‘ऊर्जा क्षेत्रमा विशिष्ट योगदान दिनुभएका श्री कुलमान घिसिङज्यू नयाँ नेपालको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई छ। सफल कार्यकाल र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना साथै सम्पूर्ण ऊर्जा क्षेत्रकै सफलता सहितको समृद्ध नेपालको समेत हार्दिक मङ्गलमय कामना व्यक्त गर्दछु ।’
घिसिङको पदभार ग्रहणमा अनुपस्थित भएकाे भन्दै कार्यकारी निर्देशक शाक्यकाे विषयमा चर्चा चलेकाे थियाे । तर, कुलमानले सोमबार पद्भार ग्रहण गर्दा हितेन्द्रदेव देश बाहिर थिए । कुलमनकाे सपथ ग्रहणमा प्राधिकरणका अन्य कर्मचारीहरु भने सहभागी थिए ।






About Us
प्रतिक्रिया