काठमाडौं – जेनजी आन्दोलनका क्रममा जगन्नाथ देवल कारागार काठमाडौंबाट फरार भएका दुई जना कैदीहरूलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुर्खेतका लेखवेशी नगरपालिका–१० का शिवलाल घिमिरे र सर्लाहीको बागमती नगरपालिका– २ का चोरी मुद्दाको कैदी सागर तामाङ रहेका छन् ।
फरार कैदीबन्दीहरू खोजतलास गर्ने क्रममा जिल्ला सुर्खेत लेखवेशी नगरपालिका– १० मा लुकिछिप बसेको अवस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिई थप कैदको लागी कारागार कार्यालय सुर्खेतमा पठाइएको प्रहरीले जनाएको छ ।





About Us
प्रतिक्रिया