काठमाडौं – भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा तोडफोड, आगजनी भएका विभिन्न संरचनाहरूमा मानव अस्थिपञ्जर फेला परेको प्रहरीले जनाएको छ । उक्त घटनापछि काठमाडौं जिल्लाका विभिन्न स्थानहरूमा प्रहरी र उद्धार टोलीद्वारा सरसफाइ तथा अनुसन्धानको काम जारी रहँदा केही स्थानहरूमा जलेका र पहिचान गर्न नसकिने मानव अस्थिपञ्जरहरू फेला परेको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार अस्थिपञ्जरहरू यस्तो अवस्थामा भेटिएका छन् कि उनीहरूको पहिचान तत्काल खुल्न सकेको छैन। त्यसैले प्रदर्शनपछि हराएका, सम्पर्कविहीन भएका वा हालसम्म पनि सम्पर्कमा नआएका आफन्त वा परिवारका सदस्यहरूको बारेमा प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ।
पीडित परिवारजनले प्रहरी कन्ट्रोल १००,९८५१२८३०१२ फोन र मा [email protected] इमेल वा नजिकको कुनै पनि प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । सम्बन्धित व्यक्तिहरूले प्रहरीलाई सक्दो चाँडो जानकारी गराई सहयोग गर्न प्रहरी प्रशासनले अपिल गरेको छ।





About Us
प्रतिक्रिया