काठमाडौं – नेपाल राष्ट्र बैंकले कार्डको माध्यमबाट गरिने कारोबार सम्बन्धमा जानकारी गराएको छ । केन्द्रीय बैंकले आज वित्तीय चेतनाका लागी एक सूचना जारी गर्दै कार्डको माध्यमबाट गरिने कारोबार सम्बन्धमा जानकारी दिएको हो ।
बैंक तथा वित्तीय संस्था र सेवा प्रदायक संस्थाहरूले प्रदान गर्ने भुक्तानी कार्ड प्रिपेड कार्ड, डेबिट कार्ड, क्रेडिट कार्ड नगद झिक्ने प्रयोजनका लागि प्रयोग गरिन्छ । त्यस्ता भुक्तानी कार्डबाट नगद झिक्दा नगद झिक्ने अधिकतम सीमा रहेको हुन्छ । त्यो सीमाभन्दा माथि नगद झिक्न नपाइने व्यवस्था राष्ट्र बैंकको छ ।







About Us
प्रतिक्रिया