सुनको मूल्य ऐतिहासिक बिन्दुमा, प्रतितोलाको २ लाख १७ हजार १ सय रुपैयाँ


काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १९ सय रुपैयाँले बढेको हो । यससँगै आज सुन तोलामा २ लाख १७ हजार १सय रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

हिजो सुनको मूल्य तोलामा २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २५ सय ९५ रुपैयाँ कायम भएको छ।

यो हालसम्मकै उच्च मूल्य हो । हिजो चाँदीको मूल्य २ प्रतितोला २५ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।