काठमाडौं – जेनजी आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटका देशभरका २८ शाखामध्ये २१ शाखामा ठुलो क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । यी शाखामध्ये १२ वटा पूर्णरूपमा आगजनी र लुटपाटका कारण ध्वस्त भएका छन् भने बाँकी ९ शाखामा तोडफोड र लुटपाट भएको छ । प्रारम्भिक अनुमानअनुसार यसबाट अर्बौँ रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
आईजीआई प्रुडेन्सियलका सुवास खनालले भने, ‘सर्भेयरहरूले निष्पक्ष प्रतिवेदन बुझाएपछि मात्र दाबी प्रक्रिया अघि बढ्छ । त्यसपछि प्रतिवेदन रिइन्स्योरेन्स कम्पनीमा पठाइन्छ, र आवश्यक परे पुनः सर्भेयर खटाइन्छ ।’
भाटभटेनीले करिब २ अर्ब रुपैयाँभन्दा माथिको बीमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमार्फत गरेको जनाएको छ । कम्पनीले बीमाको दाबी प्रक्रियालाई छिटो र पारदर्शी बनाउन सर्भेयर खटाइसकेको जानकारी दिँदै, सम्पर्क सहज बनाउन ग्राहक सेवा केन्द्र पनि स्थापना गरिएको जनाएको छ ।
आईजीआई प्रुडेन्सियलका सुवास खनालले भने, ‘सर्भेयरहरूले निष्पक्ष प्रतिवेदन बुझाएपछि मात्र दाबी प्रक्रिया अघि बढ्छ । त्यसपछि प्रतिवेदन रिइन्स्योरेन्स कम्पनीमा पठाइन्छ, र आवश्यक परे पुनः सर्भेयर खटाइन्छ ।’
उनका अनुसार सर्भेयरहरूले निष्पक्ष रिपोर्ट कम्पनीलाई बुझाएपछि मात्र दावीको प्रक्रिया अघि बढ्छ । त्यसपछि कम्पनीले रिइन्स्योरेन्स कम्पनीमा रिपोर्ट बुझाउँछ । रिइन्सयोरेन्स कम्पनीलाई रिपोर्टमा कुनै समस्या लागेको खण्डमा कम्पनीले पुनः सर्भेयर खटाउँछ र दावीको उचित मूल्यांकन गरी प्रक्रिया सुरु गर्छ ।
भाटभटेनीले सार्वजनिक गरेको भिडियो सन्देशमा भनिएको छ, ‘विनाशले हाम्रो परिवारलाई ठुलो आघात पुर्याएकाे छ, तर हाम्रो उठ्ने संकल्प अझ मजबुत बनेको छ । तपाईँहरूको हरेक शब्द र सहयोगी हातले हामीलाई अगाडि बढ्ने ऊर्जा दिएको छ ।’
उता, क्षतिग्रस्त शाखाहरूबीच केहीले आंशिक रूपमा सेवा पुनः सुरु गरेका छन् । काठमाडौंका टोखा, सातदोबाटो, अनामनगर, सानागाउँ, त्रिपुरेश्वर, पाटन, कलंकी, राधेराधे र बालाजु शाखा, साथै काठमाडौं बाहिरका नेपालगन्ज, जनकपुर, बुटवल, वीरगन्ज, धनगढी, इटहरी र भैरहवा शाखाले आंशिक रूपमा सेवा सञ्चालन गरेका छन्। बाँकी शाखामा मर्मत र पुनः स्थापना कार्य सुरु गरिएको छ ।
भाटभटेनीले सार्वजनिक गरेको भिडियो सन्देशमा भनिएको छ, ‘विनाशले हाम्रो परिवारलाई ठुलो आघात पुर्याएकाे छ, तर हाम्रो उठ्ने संकल्प अझ मजबुत बनेको छ । तपाईँहरूको हरेक शब्द र सहयोगी हातले हामीलाई अगाडि बढ्ने ऊर्जा दिएको छ ।’






About Us
प्रतिक्रिया