काठमाडौं – यूनिभर्सल पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनस शेयर र ०.४७३७ प्रतिशत नगद लाभांश गरी कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश पारित गर्न कम्पनीले लगानीकर्ताहरुलाई असोज २३ गते वार्षिक साधारणसभामा बोलाएको छ । सभाले लाभांश वितरणपछि कायम हुने चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।
लाभांश र साधारणसभा प्रयोजनको लागि कम्पनीले असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जसको अर्थ असोज ८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।



About Us
प्रतिक्रिया