काठमाडौं – काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा सुरक्षा सुदृढिकरण गर्न प्रहरीले सेक्टर बनाएर सुरक्षा सुदृढिकरणकाे प्रयास गरेको छ । काठमाडौं उपत्यकालाई ८ वटा सेक्टरमा विभाजन गरेर त्यहाँ छुट्टाछुट्टै कमान्डर पठाइएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंको अपरेसन समन्वय गर्न भनेर पाल्पामा कार्यरत एसपी पवन भट्टराईलाई काठमाडौं झिकाइएको छ । काठमाडौं उपत्यकामा प्रत्येक सेक्टरको नेतृत्व एसपीहरूले गरेका छन् ।
एसपीहरू दिपक श्रेष्ठ, पवन भट्टराई, कवित कटुवाल, रामेश्वर पौडेल, रुगम कुँवर, डिबी मल्ल, केशव भट्टराई र बालनसिंह राणालाई उपत्यकाको सुरक्षा सुदृढीकरणमा समन्वय गर्ने गरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।





About Us
प्रतिक्रिया