काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाको अवलोकन गरेका छन् । गत २४ गते जेनजी आन्दोलनका क्रममा लुटपाट र तोडफोड भएको शाखाको गभर्नर डा. पौडेलले अवलोकन गरेका हुन्।
उाले स्थलगत अवलोकन नै गरेर त्यस शाखामा भएको क्षतिको अवस्थाबारे जानकारी लिएका हुन् । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पछाडि रहेको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखामा आन्दोलनकारीहरुले तोडफोड र लुटपाट गरेका थिए ।
उक्त शाखामा लुटपाट र तोडफोडमा संलग्न ५ जनालाई सेनाले पक्राउ गरिसकेको छ । यता, बैंकको सो शाखामा लुटपाट हुँदा बाटोमा भेटेको रकम सुरेश देउलाले जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाइसकेका छन् । उनले बाटोमा भेटेको ५ लाख १० हजार ५ सय प्रहरीलाई बुझाएका हुन् ।






About Us
प्रतिक्रिया