बैंकको सस्तो ऋणबाट हुन्छ कि कसरी हुन्छ उठाउँछ, राज्यले व्यवसायीलाई एक्लै छोड्दैन्ः प्रधानमन्त्री कार्की 


काठमाडौं – प्रधानमन्त्री शुशीला कार्कीले जेनजी आन्दोलनमा भएको क्षतिमा राज्यले व्यवसायीलाई एक्लै नछोड्ने बताएकी छिन् । आइतबार सिंहदरबारमा कार्यभार सम्हाल्दै उनले उनीहरुलाई एक्लै छोड्न नमिल्ने र राज्यले त्यसो नगर्ने बताएकी छिन्।

उनले बैंकको सस्तो ऋणबाट हुन्छ कि अरु केही सहयाेगबाट हुन्छ राज्यले व्यवसायीलाई सहयाेग गर्ने बताइन् ।

‘व्यक्तिको सम्पति, व्यापारी, उद्योगीहरूको सम्पति पनि डढाउने, नमास्ने काम भएको छ,’ उनले भनिन्, ‘तिनलाई पनि हामीले जसरी उभिन्छौँ, उभेउ भन्न भएन।’ उनले भनिन् । साथै, उनले आन्तरिक बल देखाएकाेमा व्यवसायीहरूलाई धन्यवाद समेत दिइन् ।