काठमाडौं –भदौ २३ र २४ गतेको जेनजी प्रर्दशनका क्रममा मृत्यु भएकाहरूलाई सरकारले शहीद घोषणा गर्ने भएको छ। आइतबार पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेकी हुन् ।
सरकारले प्रत्येक शहीदका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ । मुख्यसचिव एकनारायण अर्यालका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको छ ।
१३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् । साथै, घाइतेको निःशुल्क उपचार र मृत्यु भएकाहरूको परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको मुख्यसचिव अर्यालले जानकारी दिए ।





About Us
प्रतिक्रिया