माथिल्लो मैंलुङ खोला जलविद्युतले बोलायो १२ औं वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?


काठमाडौं – माथिल्लो मैंलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले असोज २४ गते शेयरधनीहरुलाई १२ औं वार्षिक साधारण सभामा बोलाएको छ । कम्पनीको भदौ २३ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णयअनुसार सो सभा सेलीब्रेसन हाईटस् का.म.न.पा.(४) सुकेधारा काठमाडौंमा विहान ११ बजेदेखि सुरु हुने भएको हो ।

सो सभाबाट लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ साल आषाढ मसान्त सम्मको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा (नोक्सान) हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरुमा छलफल गरी पारित गर्ने । त्यस्तै, लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आ।व २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने जस्ता प्रस्ताव पारित गर्ने भएको छ ।

त्यसैगरी, कम्पनीका संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने जस्ता प्रस्तावहरु सो सभाबाट पारित हुनेछ । साथै, कम्पनीले उक्त सभा प्रयोजनका लागि असोज ५ गते एक दिन कम्पनीको शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने भएको छ । जसमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा असोज २ गते सम्म कारोबार भई, शेयर खरिद गरी आफ्नो नाममा शेयर नामसारी भई आएका शेयरधनीहरु सो सभामा भाग लिन योग्य हुनेछन्  ।