नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ


काठमाडौं — नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी छन्। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

शपथ ग्रहण कार्यक्रममा उच्च पदस्थका सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका नेता तथा कूटनीतिक निकायका प्रतिनिधिहरूको उपस्थित थिए।

शपथपछि प्रधानमन्त्री कार्कीले संक्षिप्त प्रतिक्रिया दिँदै भनिन्, `मलाई दिएको विश्वास र जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्नेछु। भ्रष्टाचार नियन्त्रण, सुशासन र जनतामुखी सेवाप्रदान मेरो पहिलो प्राथमिकता हुनेछ।´ बहुमत प्राप्त गरेपछि उनको नाम प्रधानमन्त्रीको लागि सर्वसम्मत रूपमा अघि सारिएको थियो।