विध्वंसकारी आन्दोलनमा सबै सरकारी सम्पत्ति जल्यो, बीमा नहुँदा राज्यकोषमा अर्बौंको क्षति : चंकी क्षेत्री


काठमाडौ – भदौ २४ गते देशभर उग्र बनेको जेनजी आन्दोलनले अर्बौं सम्पत्तिको क्षति भएको छ । जसकारण बीमा कम्पनीहरूमा भूकम्पको समयमा परेको १७ अर्ब दाबी भन्दा धेरै क्षतिको आँकलन गरिएको सलिको इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सीईओ चंकी क्षेत्रीले बताएका छन् । तर, सरकारी सम्पत्तिको बीमाको कुरा सधैँ उठान भएतापनि सरकारले सधैँ बेवास्ता गरेको थियो । जसको कारण जेनजी आन्दोलनमा जलेका सरकारी संरचनाहरूको बीमा नहुँदा राज्यलाई नै ठुलो भार परेको उनको जिकिर छ ।

यो समयमा  निजी सम्पत्तिको जसको बीमा गरिएको छ त्यसको दावीको मूल्याकंन र यसको भुक्तानीको लागि प्राधिकरण र सबै बीमा कम्पनीहरू छलफल गरिरहेको पनि उनले बताएका छन् । चंकीका अनुसार बाढी पहिरोको कारण पनि बीमा कम्पनीहरूमा ठुलो आर्थिक भार परेको थियो । त्यसलाई मिलाउन समस्या भोगिरहेको बीमा कम्पनीहरूमा पुन ठुलो समस्या परेको उनको भनाई छ । ‘यो पटक बीमा कम्पनीहरूमा मात्र आर्थिक भार परेको छैन सबै नेपाली नागरिकलाई कुनै न कुनै रूपमा भार थपिएको छ’ उनले भने । बीमा दाबी पनि भूकम्पको समयमा भन्दा धेरै आवेदन आउन सक्ने बीमा कम्पनीहरूको आकलन गरेको उनले बताए ।

यो समयमा  निजी सम्पत्तिको जसको बीमा गरिएको छ त्यसको दावीको मूल्याकंन र यसको भुक्तानीको लागि प्राधिकरण र सबै बीमा कम्पनीहरू छलफल गरिरहेको पनि उनले बताएका छन् । चंकीका अनुसार बाढी पहिरोको कारण पनि बीमा कम्पनीहरूमा ठुलो आर्थिक भार परेको थियो ।

यससँगै, आर्थिक वर्ष २०८१/८२ मा ४१ अर्ब ४७ करोड प्रिमियम उठाएर १७ अर्ब ९० करोड दाबी भुक्तानी गरेका निर्जीवन बीमा कम्पनीहरू माथि आर्थिक भार थपिएको छ । बीमा कम्पनी माथि त्यतिकै दाबी दिँदैन भन्ने आलोचना छ । तर यसमा छिटो र सही मूल्याकंन गरेर दावीको प्रक्रिया अघि बढिरहेको पनि उनले बताए ।

जेनजी प्रदर्शनका क्रममा निजी क्षेत्रका व्यवसायीक भवन र सम्पत्ति सवारी साधनमा पनि ठुलो नोक्सानी पुगेको छ । भाटभटेनी, हिल्टन गाडीका शोरुमहरु, होटेल, विभिन्न कार्यालय जस्ता धेरै ठाउँमा क्षति पुगेको छ । यस्ता सबै निजी सम्पत्तिको बीमा कभर हुने तर सरकारी सम्पत्तिको बीमा नभएको खण्डमा बीमा नहुने उनको जिकिर छ । जेनजी आन्दोलनले आर्थिक रूपमा पनि ठुलो समस्या निम्त्याएको छ ।

सरकारी सम्पत्तिको बीमा नभएर पनि आर्थिक अस्थिरता सिर्जना भएको छ । र अर्वौको बीमा दाबी आउँदा पनि निकै ठुलो चुनौती बीमा क्षेत्रमा परेको छ । यसक्रममा जेनजी आन्दोलनले सरकारी सम्पत्तिमा ठुलो क्षति पुर्यााएर एउटा कठोर पाठ सिकाएको क्षेत्रीको भनाइ छ । ‘आन्दोलनले सरकारी भौतिक सम्पत्तिको बीमा अनिवार्य गर्नु भविष्यको लागि राम्रो हुने पाठ सिकाएको हो,’ उनले भने, ‘आन्दोलनका क्रममा सरकारी भवन र अन्य संरचनामा भएको तोडफोडले अर्बौँको नोक्सानी भएको छ ।’

यससँगै, आर्थिक वर्ष २०८१/८२ मा ४१ अर्ब ४७ करोड प्रिमियम उठाएर १७ अर्ब ९० करोड दाबी भुक्तानी गरेका निर्जीवन बीमा कम्पनीहरू माथि आर्थिक भार थपिएको छ । बीमा कम्पनी माथि त्यतिकै दाबी दिँदैन भन्ने आलोचना छ । तर यसमा छिटो र सही मूल्याकंन गरेर दावीको प्रक्रिया अघि बढिरहेको पनि उनले बताए ।

जेनजीको प्रदर्शनले उग्ररूप लिएपछि सरकारी कार्यालय, सरकारी भवन, सरकारी सवारी साधन तथा अन्य भौतिक संरचनाहरूमा तोडफोड र आगजनी भएको थियो । यस्तो परिस्थितिमा सार्वजनिक र सरकारी सम्पत्तिको बीमा नहुँदा देशको अर्थतन्त्रमा थप चुनौती थपिएको छ । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, दर्जनौँ सरकारी संरचना, वडा कार्यालय, पालिका कार्यालय, प्रहरी वृत्त लगायत धेरै सरकारी सम्पत्ति तहसनहस भएको छ ।

वर्षौँबाट सरकारी सम्पत्तिको बीमा हुनुपर्छ भन्ने माग बेवास्ता गरेको परिणाम पनि आजको पुस्ताले भोग्नुपर्ने देखिएको छ । हालसम्म कुनै पनि सरकारी सम्पत्तिको बीमा छैन । यस्तो अवस्थामा जेनजी आन्दोलनले सरकारलाई बीमाको विषयमा झस्काएको चकींको धारणा छ । ‘सरकारले सरकारी सम्पत्तिको बीमा गर्नको लागि बीमा नियामकले बारम्बार पहल गरिरहेको थियो । सरकारले आनाकानी गरिरहेको अवस्थामा आज सरकारी संरचना तहसनहस भएको छ ।’

छिटै दावीको काम अघि बढ्छ तर सरकारी सम्पत्तिको भार राज्यमा पूर्ण रूपमा परेको छ । यसले अब आगामी दिनमा शिक्षाको रूपमा लिइने छ,’ उनले भने ।

सरकारी सम्पत्तिको पनि बीमा भएको भए केही आर्थिक रूपमा राज्यलाई सहज हुन्थ्यो । २०७२ को भूकम्पपछि पुनर्निर्माणमा अर्बौं खर्च भएको थियो । जुन बीमाले कम गर्न सक्थ्यो । त्यसपछि नि सजक नभएको राज्य यो पटक ठुलो समस्यामा परेको छ । ‘निजी सम्पत्तिको सर्भे हुने क्रम बढिसकेको छ । ‘छिटै दावीको काम अघि बढ्छ तर सरकारी सम्पत्तिको भार राज्यमा पूर्ण रूपमा परेको छ । यसले अब आगामी दिनमा शिक्षाको रूपमा लिइने छ,’ उनले भने ।