बैंकको मुद्दति निक्षेपमा सवा १ अर्ब बढी लगानी गर्दै केन्द्रीय बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा सवा १ अर्ब रुपैयाँ बढी लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ३० करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागेकाे हाे।

यसका लागि भदौ ३० गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ। कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा १ अर्ब ४ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा १९ करोड ५० लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ६ करोड ५० लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।

लगानी २०८२ असोज ५ गतेदेखि २०८३ असोज ५ गतेसम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।